काठमाडौं । झण्डै २८ बर्ष पार्टीको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले राजनीतिक जीवनको उत्तरार्धमा आफ्नो इमान बेच्नुभएको छ । गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई पराजीत गरी निर्वाचन जित्नुभएका एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वमहासचिव माधवकुमार नेपाल कांग्रेसकै सभापति शेरबहादुर देउवाको पाउमा लम्पसार पर्नुभएपछि सोमवारबाट एमालेको साधरण सदस्यबाटै निश्काशित हुनुभएको छ ।
जीवनभर कांग्रेसबिरुद्ध लडनु भएका खनाल र नेपाल अव राजनीतिमा थप लाभ पाउन बाँकी नरहेको निश्कर्षसहित आफूतिर लागेका युवा नेताहरुको भविश्यसमेत बर्वाद पार्दै कांग्रेसमा बिलय हुनुभएको छ सोमवारबाटै । एमालेबाट अलग हुन पनि नसक्ने र एमालेमै बसेर कांग्रेसको सेवा गर्ने हठले पटक पटक गरी १३ बर्ष पार्टीको नेतृत्व गर्नुभएका खनाल र १५ बर्ष महासचिव भएर एकल सत्ता चलाउनु भएका नेपाल कार्वाही परेर निश्किाशित हुनु परेको छ । राजनीतिमा अहिलेसम्म स्थापित गरेको आफ्नै मान्यता र राजनीतिक मुल्य मान्यताकै बिरुद्धमा खडा भएर आखिर किन यस्तो आत्महत्याको निर्णयमा पुग्नुभयो खनाल र नेपाल ? यो प्रश्नले मतदातालाई भने निकै पिरोलेको छ ।
कांग्रेसले देशको हितमा कुनै काम गर्दैन भन्दै भोट मागेर मतदाताले जिताएको यथार्थ भुलेर कांग्रेसकै पाउमा परेपछि ‘चार दशक लामो राजनीतिक लगानीको राम्रै ब्याज लिनुभएको मतदाताको आशंका छ । नेपालको निर्वाचन क्षेत्र काठमाडौं २ का मतदाता माधव एमालेबाट थप अवसर प्राप्त नहुने र अव चुनाव पनि जित्न नसकिने निश्कर्षसहित कांग्रेस सभापति देउवाको प्रलोभनमा बिकेको बताउँछन । ‘माधवले हामीले दिएको बिश्वासलाई बिक्रि गरेर आगामी जीवन चलाउने बाटो लिनुभयो, उहाँसँग अन्य नेताहरु पनि सति जानुभयो,’ काठमाडौं क्षेत्र नम्बर दुईका मतदाता रहेका काँडाघारीका जीवन कार्कीले भन्नुभयो ।
उहाँलाई जिताउन लागेका जीवन जस्तै सो क्षेत्रका थुप्रै मतदाता माधवको यो निर्णयले निकै आक्रोशित बनेका छन । ‘यति निकृष्ट नेतालाई जिताइएछ, हाम्रो बिश्वास त कांग्रेससँगको लेनदेनमा पुगेर घात भएछ,’ उनीहरुको भनाई छ । एमाले नेता नेपालले बैशाख अन्तिम साता नै देउवा निवास पुगेरसवै खर्च कांग्रेसले बेहोर्ने सर्तमा आगामी निर्वाचन रुख चिन्हबाट लडने सहमति जनाउनु भएको थियो । कांग्रेसबाट खर्च पनि पाइने, टिक पनि पाइने भएपछि जित हार जे भएपनि बाँचुञ्जेल खर्च चल्छ भन्ने निश्कर्षका आधारमा नेताहरुले गद्धारी गरेको मतदाताको आरोप छ । यो आरोपलाई नेपाल खनालले कहिल्यै खण्डित गर्न सक्ने अवस्था छैन ।
राजनीतिक जीवनको उत्तरार्धमा यस्तो कलंकको टीका लगाउने काम नेपाल र खनालले गर्नुभएको छ । उहाँहरुसँगै एमालेका २३ जना नेताहरु पनि कांग्रेसमा बिलय हुनुभएको छ । यसरी कांग्रेसको प्रलोभनमा परेर इमान बिक्रि गर्नेहरुमा अत्यन्तै राम्रा मानिएको बैचारिक नेता पनि हुनुहुन्छ । जनआन्दोलनपछि क्षेत्रीय पार्टी खोल्न सवै तयारी पूरा गर्नुभएका तर माधवले पार्टी निर्णयबिपरित गृहमन्त्री टक्र्याउनु भएपछि एमालेमै रहनुभएका भीम रावल र अफ्नो हुकम नचल्ने पार्टी के काम भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएका नेपाल र खनालको सकुनी पासामा सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताहरु पनि पर्नुभएको छ ।