निषेधाज्ञा थप्न काठमाडौं उपत्यकाका सिडिओ छलफलमा
  • CIA Khabar

  • काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ। निषेधाज्ञा थप्नेबारे छलफल गर्न मंगलबार उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरू बैठक बस्दैछन्।

    उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू केही बेरमा बैठक बस्न लागेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले जानकारी दिइन्।

    अहिले बैठक बस्नको लागि छलफल भइरहेको छ। सिडिओहरूको बैठक केहि बेरमा हुन्छभनिन्।

    उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। दोस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै प्रशासनले आजै निषेधाज्ञा थप्ने आदेश जारी गर्न लागेको हो।

    अब हुने एक साता निषेधाज्ञालाई अझ कडा पार्न लागेको हो। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

    तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए।

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश जारी भएको छ। अध्यादेशअनुसार संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ।

    अध्यादेशले कारबाही तथा जरिवाना बढाएको छ।

  • ११ जेष्ठ २०७८, मंगलवार ११:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images