डोटीको राजनीति र प्रेम आलेको चर्चा
  • CIA Khabar

  • काठमाडौ । डोटीको राजनीतिमा जबरजस्त नाम हो प्रेम आले । उनि मात्र एक यस्तो पात्र हुन जो डोटी बाट २ पटक निर्वाचित कम्युनिष्ट सांसद । बहालवाला भौतिक मन्त्री वीर बहादुर बलायरलाई परास्त गदै २०७४ मा निर्वाचित भएपछि डोटीमा उनको झनै चर्चा चुलियो । एक साहासीलो, आटिलो र जबरजस्त राजनीतिक पात्रका रुपमा आले अहिले पनि चर्चामा रहिरहन्छन । पुर्व काग्रेसका कार्यकर्ता आले तत्कालिन एमालेमा प्रवेश गरे पछि भने हाल सम्म सबै भन्दा बढी जनप्रतिनिधिको रुपमा रहेका डोटीका एक्ला कम्युनिष्ट पात्र हुन ।

    जिल्ला विकास समितिको सदस्य, संविधानसभा सदस्य हुदै हाल उनि संघिय सांसद छन् । कोरोना भाइरसको पहिलो लहर नेपालमा फैलदा कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जिल्लामा स्वास्थ्य सामाग्री सांसद आलेमगरले पिपिइ १ सय १० थान, हेडक्याप १ हजार थान, ग्लोब्स १ हजार २ सय जोडा, गमबुट ३५ जोडा, फुट क्याप १ हजार जोडा, मास्क १ हजार २ सय ५० थान, स्यानीटाइजर २ सय बोतल र साइरेक्स पाउडर ३० बोत्तल आफ्नो निजी खर्च बाट जिल्ला पठाए ।

    त्यस्तै कोरोना भाइरसको दोस्रो भेरियन्टले छिमेकि देश भारत सगै नेपाल पनि आक्रान्त बनेको बेला प्रेम आलेले गृह जिल्लामा स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि स्वास्थ्य सामग्री पठाए । स्वास्थ्य सामग्रीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजरलगायत छन् ।

    केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गरेपछि झनै चर्चा छ । मन्त्री आलेले सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीका लागि ५० थान भरिएका अक्सिजन सिलिण्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, स्यानिटाइजरलगायत सामग्रीसमेत उपलब्ध गराएका छन् । उनले पठाएका स्वास्थ्य सामग्री जिल्लाका नौवटै स्थानीय तहमा वितरण गरिएको छ ।

    डोटीमा प्रजातन्त्र आय यता कांग्रेसका सिद्धराज ओझा,भक्त बहादुर बलायर पछि २ चोटी संघिय सांसदका रुपमा संसद भवन सम्म पाईला टेक्ने अहिले आले नै छन् । यसका बाबजुद उनी डोटीको राजनीतिमा किन सफल छन् रु किन उनी सधै चर्चाको शिखरमा छाउछन् रु किन प्रेम आलेले सानो वा ठूलो, राम्रो या नराम्रो काम गर्ने वित्तिकै मान्छेहरु सारा काम छोडेर पक्ष बिपक्षमा वाडिएर तर्कको खेतीमा रमाउछन् रु किन चर्चा गर्छन रु किन गाली र तालीको वर्षा हुन्छ रु एकै बाक्यमा यसको उत्तर दिन त्यति सजिलो पटक्कै छैन । यद्यपि धेरै कारणहरु मध्ये तपसिलका कारणहरुले गर्दा पनि डोटीको राजनीतिमा प्रेम आले सधै चर्चामा आउछन् भन्न सकिन्छ ।

    पञ्चायत कालमा डोटीको कम्युनिष्ट राजनीति सिमित चौघेरोमा खुम्चिएर रहेको थियो । देशका अन्य भागमा जस्तो त्यतिवेला वामपनथी भूमिगत राजनीति डोटीमा फस्टाउन सकेन । फलस्वरुप २०४८ सालको निर्वाचनमा तत्कालीन एमालेका उमेद्ध्वारको धरौटी नै जफत भएको थियो । देश भरीमा औलामा गन्न सकिने काग्रेसको एकलौटी लोभलाग्दो प्रभाव भएको जिल्ला मध्ये डोटी पनि एउटा थियो । डोटीमा शिक्षक, पत्रकारिता, गैरसरकारी संस्था लगायतका सवै क्षेत्रमा काग्रेसको प्रभाव र सक्रियता आज पनि छ । भलै त्यो प्रभाव क्रमशः कमजोर बन्दै गएको किन नहोस ।

    शुरुआती दिनमा काग्रेस कार्यकर्ताका रुपमा देखिएका प्रेम आले त्यहाभित्र आफ्नो भविश्य नदेखेर हो वा अन्य कारणले उनी एमाले प्रवेश गरी सक्रिय राजनीतिमा होमिए । कम्युनिष्ट राजनीतिको शुरुआत गरेका पुराना नेता कार्यकर्तामा समयानुकल हिड्न सक्ने खुवी, त्यसको लागि चाहिने आर्थिक प्रयोग लगायत पक्षमा कमजोर देखिए पछि वढ्दै गएको एमाले भित्रको जिल्ला नेतृत्व शुन्यतामा प्रेम आले टुप्लुक्क उदाए । प्राप्त अवसरलाई आलेले यसरी उपयोग गरे कि एमालेका अन्य नेता कार्यकर्तालाई उनले धेरै पछाडि छोडे । डोटीको कम्युनिष्ट प्रभाव भित्र प्रेम आलेले सैद्धान्तिक भन्दा व्यबहारिक राजनीति स्थापित गराए । देशका अन्यत्र भागमा एमाले राजनीतिमा सैद्धान्तिक पक्ष खुकुलो हुदै व्यवहारिक र नाफा घाटाको राजनीतिको प्रभाव वढ्दै जादाँ शुरुआती दिनमै यसको प्रयोगमा जमेका आलेले राजनीतिमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

    अर्को तर्फ २०४८, २०५१, र २०५६ सालमा भएका निर्वाचनहरुमा जिल्लामा लगभग एकलौटी प्रभाबशाली नेपाली काग्रेसले देखाएको प्रवृतिगत उडण्ड उत्ताउलोपनाका कारण जस्तालाई तस्तै राजनीतिक काउण्टर दिन एमाले भित्र आले बाहेक अर्को ब्यक्ति थिएन । एमाले भित्रको त्यहि शुन्यतामा खेलेर उनले आफ्नो ब्यक्तिगत प्रभाव विस्तार गरे । स्रोत साधन परिचालनमा कन्जुस्याई नगर्ने र प्रतिष्पर्धाको मैदानमा जस्तोसुकै जवाफी फायर खोल्न सक्ने निडरताले उनको गतिलाई राम्रै साथ दियो । एमालेको राजनीतिक मैदानमा फुक्कापाल दौडने अवसर पाएका आलेका सामु अन्य नेता कार्यकर्ता धेरै पुड्का देखिए । र आज पनि नेपाली काग्रेसको प्रभाव भएका औलामा गन्न सकिने मध्येको डोटीबाट उनीे दुई दुई पटक बिजयी वने, र आज तिनै आलेले लगाएको जुत्ताको रंगमा समेत पक्ष विपक्षमा सार्वजनिक वहस हुन्छ । सामाजिक सञ्जाल रंगिन्छन् । त्यसको सामाजिक कंपन कयौ दिन सम्म रहन्छ । किन रु प्रश्न जटिल छ र उत्तर पनि जटिल नै छन् ।

    पुरानो पुस्तौनी विरासत वोकेका राजनीतिक नेता कार्यकर्ता आफ्नो शैली र सोच वदल्न सक्दैनन् । पार्टीगत घेरा, समुहगत फाईदा र सोचाईको साघुरोपना वाट वाहिर निस्कन नसके पछि मान्छेको प्रतिष्पर्धात्मक क्षमतामा ¥हास आउछ । हिड्ने वाटाहरु भत्कन शुरु गर्छन र ऊ सिमित क्षेत्रको चौघेरोमा बन्धक बनेर आँखि झ्यालवाट संसार चियाउने अवस्थामा झर्छ । आफ्नो पुरानो संसार भत्कन शुरु भैसकेको हुन्छ तर उसले त्यसको भेउ पाउदैन । जव उ सक्रिय प्रतिष्पर्धीतिर आखाँ लगाउछ मनमा उत्पन्न भावना पोखिहाल्छ । छोटोमा भन्नु पर्दा प्रेम आलेको विषयमा चलेका सकारात्मक र नकारात्मक दुवै चर्चा यही प्रवृत्तिका उत्ताउला उपज हुन् । डोटीको काग्रेस राजनीति भित्र समुहगत र भेगीय राजनीतिको पुस्तौनी विषालु प्रवृत्ति तत्कालै लुप्त हुने कुनै सम्भावना देखिदैन । काग्रेसका दुईजना शेरहरुको टाउका मिले पनि जनसाधारणमा गढेर शुसुप्त अवस्थामा रहेको पुस्तौनी भेगीय सोच रगतका प्रत्येक कोषहरुमा वगेकोे देखिन्छ ।

    त्यसमाथि आर्थिक क्रियाकलापको विस्तार सगै जिल्लाका कुना कुनामा जन्मने सामाजिक, आर्थिक क्षेत्रका तुलनात्मक स्वाभिमानी सानातिना जमात जो क्रियाशिल, शशक्त र गतिवान हुन्छ त्यसैको प्रभावमा पर्ने भएकोले सत्ताधारी दलको नेता हुनुको नाताले प्रेम आलेलाई यो सुविधा उपलव्ध छ । व्यत्तिगत हिसावमा पनि प्रेम आले आफ्नो प्रभाव बिस्तार गर्न अभिनय नै किन नहोस हदैसम्म लचक हुन सक्ने गुण भएका व्यक्ति हुन । तर काग्रेसको प्रवृत्तिगत सांगठनिक संरचना र त्यसको आफ्नै पुस्तौनी गुणका कारण स्वतन्त्र जन साधारणका विच हदै सम्म झुकेर प्रभाव पार्न सक्ने व्यक्तिको अभाव देखिन्छ । राजनीतिमा प्रशासनको अदृष्य प्रभाववाट लिन सकिने तात्कालिन फाईदा समेत काग्रेसको भागमा पर्ने अवस्था छैन ।

    शिक्षा र चेतनाको जागरण संगै ग्रामिण भेगमा रहेको सामाजिक सम्वन्धका पुरातन आधार खुकुलो हुदै जादा त्यसलाई आर्थिक प्रभावले विस्थापित गर्छ । स्थानीय निकायमा रहेको नेकपाको प्रभाव र सत्तावाट उपलव्ध हुने सहुलियतको फाईदा समेत सासंद प्रेम आलेले उठाउदै आएका छन् । यसको उल्टो काग्रेसका लागि आफ्नो जिम्मेवारीमा रहेको स्थानीय निकायहरुमा समेत सन्तुलित भएर चल्नु पर्ने बाध्यात्मक अवस्था छ । त्यसमाथि काग्रेसको आफ्नै विशिष्ट गुणका कारण यस्ता विषयमा प्रतिष्पर्धामा उत्रन सक्ने सांगठनिक आधार र क्षमता दुवैको अभाव छ । अर्को तर्फ काग्रेसका केही कार्यकर्ताहरुको सामाजिक एवं आर्थिकमा नैतिक धरातल समेत कमजोर देखिन्छ । त्यसकारण गाऊ ठाउमा खासै राजनीतिक प्रभाव नभएका सञ्चार क्षेत्रमा कार्यरत आफ्ना समर्थकहरुको सार्वजनिक प्रहारवाट मात्रै प्रेम आलेको राजनीतिक उचाई घटाउन सक्ने कुनै सम्भावना देखिदैन ।

    गुटगत राजनीतिले राम्रै जरा गाडेको कार्यकर्ताहरुमा पक्षधर वाहेकका डोटी नेकपाका नेता कार्यकर्ताहरुलाई आवश्यक परेको अवस्थार्मा पल्टाउन सक्ने आबश्यक आधुनिक हतियार प्रेम आले सगँ तयारी अवस्थामा छन् । यसलाई काउण्टर दिन काग्रेसको संस्थागत तयारी कतै देखिदैन । अंसगठिक आक्रोश र राजनीतिमा प्रत्यक्ष संलग्न नहुने मिडियाकर्मीहरुको एकोहोरो सार्वजनिक गोदाईले देशका अन्य भागमा राम्रै काम गरे पनि सरोकारवाला डोटेली जनमानसमा रहेको प्रेम आले प्रतिको सकारात्मक रनकारात्मक धारणा खासै परिवर्तन हुने देखिदैन ।
    ठ्याक्कै नाम र समय याद भएन अमेरिकी राष्ट्रपतिको कुनै निर्वाचनताका एउटा टेलिभिजन अन्र्तवातामा राष्ट्रपतिका दुई प्रतिष्पर्धी उमेद्धारा उपस्थित भए ।

    अन्र्तवार्ताका क्रममा एकजना उम्मेदवारले आफ्ना  प्रतिष्पर्धीलाई तल्लो स्तरमा झरेर पटक पटक गाली गरे । तर आफूलाई गाली गर्ने उनका प्रतिष्पर्धी चाहि हाँसेर सम्मानका साथ उत्तर दिईरहे । टेलिभिजन स्टुडियोवाट बाहिर आउनासाथ अन्य पत्रकारहरुले सोधे ‘आफुमाथि तयत्रो अपमाजनक टिप्पणी गर्दा पनि किन तपाईले प्रतिकार गर्नु भएन’ ? उत्तरमा उनले भने आजको अन्र्तवातामा उहाँले वोलेका राम्रा कुरा निर्बाचनको दिन सम्म मतदाताहरुले विर्सिसक्नेछन् । तर म माथि प्रयोग भएका अपाच्य र तल्लो स्तरको गाली सम्झिरहने छन् । अनि मलाई मतदान गर्नेछन् । नभन्दै भयो पनि त्यस्तै । गाली खाने उमेद्धवार विजयी वने । कतै डोटीको राजनीतिमा पनि प्रेम आलेको हकमा यस्तै भैरहेको त छैन रु टिप्पणी गर्नेहरुले यो विषयमा सोच्दा राम्रै होला भन्ने लागिराछ ।

  • ११ जेष्ठ २०७८, मंगलवार १६:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images