भगवती यूवा क्लव द्वारा हाडहाडे स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री वितरण
  • सरोज खत्री

  • गुल्मी । कोरोना सङ्क्रमणको समयमा कति पनि विचलीत नभई संक्रमण नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्य संस्था संग सम्बन्धित कर्मचारीहरू को सुरक्षा अति नै महत्वपूर्ण विषय हो । उहाँहरुलाई थप ऊर्जाको साथ सुरक्षित तरिकाले काम गर्ने वातावरण को सिर्जना गरिनु पर्दछ । भन्ने उद्देश्यले श्री भगवती यूवा क्लव धुर्कोट गाउँपालिका -३ हाडहाडे गुल्मी द्वारा हाडहाडे स्वास्थ्य चौकी धुर्कोट-३ हाडहाडे गुल्मीका कर्मचारीहरुलाई सुरक्षित वातावरणमा महामारी सँग जुध्नको लागी आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

    क्लवको उक्त कोभीड नियन्त्रण अभियान मार्फत धुर्कोट-३ हाडहाडे गुल्मीका वडा अध्यक्ष विष्नु बहादुर थापा श्रीस तथा क्लव अध्यक्ष यम खत्री द्धारा हाडहाडे स्वास्थ्य चौकी गुल्मीका इन्चार्ज बाबुराम पोख्रेल ज्यू लाई एक थान पीपिई , १५ थान फेस शिल्ड, ५ बोतल बोतल ह्यान्ड सानिटाईजर र पाँच बन्डल मास्क हस्तान्तरण गरिएको क्लवका अध्यक्ष यम बहादुर खत्रीले जानकारी दिनुभयो ।

    त्यस्तै कार्यक्रममा बोल्दै क्लबका सचिव सरोज खत्रीले आफूहरुले कोरोना संक्रमणबाट बच्न जनचेतना जगाउने, बाहिर ठाउँबाट आएका मानिसलाई सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने, कोरोना संक्रमितको मनोबल बढाउने जस्ता कार्यक्रमहरु सञ्चालन गरिसकेकाले अबको दिनमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गरिने बताउनुभयो । क्लवले प्रदान गरेको उक्त स्वास्थ्य सामाग्री ग्रहण गर्दै हेपो इन्चार्ज बाबुराम पोख्रेलले आफूहरु निरन्तर रुपमा कोरोना संक्रमण नियन्त्रणमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।

    उक्त अनौंपचारीक कार्यक्रममा बोल्दै क्लवका सल्लाहाकार समिती सदस्य जुद्ध बहादुर खत्रीले क्लव द्वारा प्रदान गरिएको उक्त स्वास्थ्य सामाग्रीले सुरक्षित वातावरणमा थप ऊर्जाको साथ संक्रमण नियन्त्रणमा लाग्न सम्पूर्ण कर्मचारीहरुलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै निरन्तर रुपमा कोरोना संक्रमण नियन्त्रणमा क्लवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा वडा अध्यक्ष विष्णबहादुर थापा श्रीसले खुसी व्यक्त गर्नुभएको छ ।

    क्लवले उक्त अभियानमा आर्थिक सहयोग गर्नुहुने कमल थापा तथा स्वास्थ्य सामग्री खरीद गर्ने कार्यमा सहयोग गर्नु हुने पुष्कर खड्का लगायत सम्पूर्ण सहयोगी हरुलाई धन्यवाद ज्ञापन गरेको क्लव का सदस्य प्रकाश खत्रीले जानकारी दिनुभएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार १६:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images