काठमाडौं । कमेडियन आदर्श मिश्राका बुबा विनोद मिश्राको भरतपुर अस्पतालमा उपचारका क्रमा निधन भएको छ ।
उनको मंगलबार बिहान निधन भएको चर्चित कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
नारायणी अस्पतालले डायलासिस थोरै गराएको भन्दै आदर्शकले बुबालाई नारायणी अस्पतालबाट भरतपुर अस्पतालमा सारेका थिए ।
४ वर्षदेखि मिर्गौलाका बिरामी विनोदको डायलासिस हुँदै आएको थियो ।