शेयर बजार नेप्से ६.५ अंकले घट्यो, ११ अर्ब बराबरको कारोबार
  • CIA Khabar

  • काठमाडौँ । शेयर बजार नेप्से मंगलबार (आज) ६.५ अंकले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ ।

    आज बैकिङ समूहको शेयर साढे २५ अंकले घटेको छ । यस्तै होटल समूहको २८ अंकले, फाइनान्सको झण्डै दुई अंकले, उत्पादनको साढे २२ अंकले र अन्य समूहको शेयर २९ अंकले घटेको छ । व्यापार, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय १९ कम्पनीका दुई करोड ३४ लाख कित्ता शेयर ११ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार कारोबार भएको छ ।
    आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वरुण हाइड्रो, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

    ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ४.५१ अङ्कले घटेर ५०३.९९ बिन्दुमा झरेको छ । आजको कारोबारमा हाइड्रोपावर र बीमा समूह चम्किँदा परिसूचकमा गिरावट आए पनि कारोबार रकममा खासै ठूलो असर परेको छैन ।

  • ११ जेष्ठ २०७८, मंगलवार १८:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images