जसपा सरकारमा जाने भएसँगै मन्त्री बन्ने आकाङ्क्षी थपिँदै
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने कुरा चलिरहँदा अहिले जसपामा मन्त्री बन्नका लागि दौडधूप शुरु भएको छ ।

    जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् भने वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएको छ । प्रतिनिधिसभा सदस्य नरहेका नेता पनि मन्त्री बन्न पाउने भएपछि थप दौडधूप शुरु भएको हो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई कति वटा मन्त्रालय दिने भन्ने कुरा तय नभइसकेको जसपाको केन्द्रीय सदस्य सन्तोष मेहताले बताउनुभएको छ ।

    यता प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराइले पनि यस विषय आधिकारिक निर्णय नभइसकेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । केन्द्रीय सदस्य मेहताकाअनुसार अहिले सबैको नाममा दाउ छ । शीर्षनेता बाहेक अन्य वरिष्ठ नेता पनि मन्त्रीका आकाङ्क्षी देखिएको उहाँले बताउनुभयो । शीर्ष नेताहरुमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डाारी, अनिलकुमार झा, राजकिशोर यादवको नाम चर्चामा रहेको मेहताले बताउनुभयो ।

    ‘राजेन्द्र महतो संसदीय दलको नेता हुनुहुन्छ । सरकार, सत्ता र बाँकी विषयका बारे अध्यक्ष ठाकुर र महतोले निर्णय लिनुहुन्छ । यस विषयमा उहाँबीच छलफल भइरहेको छ,’ केन्द्रीय सदस्य मेहताले भन्नुभयो । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर भने आफैँ सरकारमा नजाने हुनुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • १२ जेष्ठ २०७८, बुधबार ०८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images