कपिलवस्तु। नेपाल प्रेस यनियन कपिलवस्तुले जिल्लाका कोभिड १९ संक्रमित पत्रकारहरुलाई घरदैलोमा स्वास्थ्य जाँच तथा परामर्श सेवा सूरु गरेको छ ।
जिल्लामा कार्यरत पत्रकारहरु संक्रमित भएको जानकारी आउन साथ डाक्टर तथा स्वास्थ्यकर्मी सहतिको टोलि पत्रकारको घरमै गएर ज्वारो परिक्षण, अक्सिजनको मात्रा परिक्षण, मुटुको धडकन लगायतका परीक्षण गरिएको छ ।
परीक्षणका लागि जिल्ला आयुर्वेद कार्यालयका प्रमुख प्रवेश श्रीवास्तव, डा. आषिश चौधरी लगायतको स्वास्थ्य टोलीलाई घरदैलौमा लगिएको छ।
त्यस्तै युनियनले जिल्लाका पत्रकारहरुलाई स्वास्थ्य समस्या आउन साथ कोराना फोकल पर्सन विनोद अधिकारीलाई तोकेर २४ सै घण्टा समस्या जानकारी गराउने सयन्त्र निर्माण गरि काम गरिएको युनियन कपिलवस्तु सभापति गोपाल भण्डारीले जानकारी दिए ।
जिल्लाका संक्रमित पत्रकार तथा उनिहरुको परिवारलाई कोरोना संक्रमित भएमा डाक्टर सहितको सेवा घरमा पुर्याउने साथै अक्सिजनको मात्रा कमी भएका सिलिण्डर लिएर सम्म घरदैलो सम्म जाने, औषधी व्यवस्था समेत युनियनले गरेको सभापति भण्डारीले बताए ।
त्यस्तै कोरोना भएको वेलामा समस्या भएका दिउसो १ देखी २ बजे सम्म परामर्शको लागि डा. अमुल्य पाठक संग सहकार्य गरी परामर्श सेवा दिइएको छ भने विहान ७ बजे देखी राती ९ बजे सम्म परामर्श तथा सल्लाहा र मनोवैज्ञानीक जानकारीको लागि स्टाफ नर्स सिर्जना ढकाल संग सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ ।
डाक्टर सहित घरदैलो सेवामा जादा संक्रमितलाई मायाको चिनो र आत्मल वढाउन वास किट, हाइजेनिक किट लगायतका साम्रागि समेत प्रदान गरिरहेको युनियन सचिव मणि प्रसाद गैेह्रले बताए ।
पत्रकार तथा परिवारलाई कुनै समस्या हुनसाथ स्वास्थ्य उपचार परामर्श, एमबुलेन्स सेवा लगायतको व्यवस्थापनमा समेत सहजिकरण गरिएको सचिव गैेह्रले बताए ।
हालसम्म दोस्रो चरणको कोराना भाइरसको कारण संक्रमित जिल्लाका ६ जना पत्रकारलाई घरदैलो स्वास्थ्य परामर्श तथा मायाको चिनो प्रदान गरिसकेको जिल्ला सदस्य बसन्त बन्जाडेले बताए ।
पत्रकारहरुलाई समस्या पर्दा घरदैलोमा स्वास्थ्य जाचं तथा भेटघाट गरि आत्मवल बढाउने काम भएकोमा आफुहरु खुसी हुनुका साथै युनिसयनको सर्हानिय कार्य भएको पत्रकार महासंघ कपिलवस्तुकी उपाध्यक्ष स्वोता योगीले बताइन् ।