२५६५औं बुद्धजयन्तीमा सुनसान लुम्विनी
  •  मणि प्रसाद गैेह्रे

  • World Peace Pagoda in Lumbini the Birthplace of the Lord Buddha

     कपिलवस्तु । आज परेको २५६५औं बुद्धजयन्ती लाई कोारेनाले गर्दा मनाउन समस्या परेको छ । लुम्बिनीमा सुनसान रहेको छ । हजारौको सख्यामा दिवसमा पुजापाठ र घुम्न आउने पर्यटकलाई गत वर्ष र यो वर्ष कोरोनाले असर पारेको छ । दिवसमा केवल पूजापाठतथा दीप प्रज्जवलन गरि मनाइएको छ ।
    बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी बुद्व जन्मस्थल लुम्बिनिमा परित्राण पाठ गरिएको छ। मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश वाचन गरिएको छ। पूजापाठमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन्। यस्तै साँझ कोरोना निवारण र संक्रमितको स्वास्थ्यलाभको कामनासहित दीप प्रज्जवलन गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयाले बताए। उनका अनुसार कोरोनाले देशमा ठूलो क्षति गराएकाले यो वर्ष बुद्धलाई स्मरण गरि सीमित उपस्थितिमा पुजापाठ गरि बुद्धजयन्ति मनाउन सुरू भएको हो।
    गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ति पूजापाठमा मात्र सीमित भएको लुम्बिनी क्षेत्र विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले जानकारी दिए। विगतका बुद्धजयन्तिमा राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञहरूको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको थियो। नेपाल सहित भुटान, थाइल्यान्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओस, कोरिया, जापान, चीनलगायतका देशमा बुद्धजयन्ति मनाउने परम्मपरा छ ।
    गौतम बुद्धको २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो। कोरोनाका कारण गत बर्षदेखि नै यहाँ पर्यटक आउन सकेका छैनन्। अन्तर्राष्ट्रिय पर्यटकहरू लुम्बिनि आउने सिजनमै कोरोना महामारी बढ्ने र लकडाउन हुने गरेकाले पर्यटक आवागमन सुन्य भएको लुम्बिनी विकास कोषले जनाएको छ। दिजवसको अवसरमा गुमवा विहारमा दिप प्रज्जवलन गरेर मात्र कपिलवस्ुत र नवलपरासिमा पनि मनाइदैछ । स्थानीय वासी पनि कोरोनमाको कारण लुम्विनी गएका छैनन् ।
  • १२ जेष्ठ २०७८, बुधबार १३:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images