कोरोनाको आतंक फैलाएर ओली सत्तामा टिक्क खोजिरहेको कांग्रेसको आरोप
  • CIA Khabar

  • काठमाडौँ- सरकारले जनतामा कोरोना भाइरसको आतंक फैलाएर  सत्तामा टिकिरहने कोसिस गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले ओली आफ्नो सत्ता लम्ब्याउन जनता आतंकित हुने सूचना सार्वजनिक गराउन उद्यत भएको ठहर गरेको हो ।

    कोरोना नियन्त्रण गर्ने भन्दा पनि त्यसकै आडमा सत्ता लम्ब्याउने ओलीको चाहान पूरा हुन नदिने कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।

    ‘सरकारले कोभिड संक्रमणलाई रोकथाम गर्ने भन्दा पनि त्यसको आडमा राजनीति गर्न खोजेको छ, जनतालाई दुई दिन भित्र किनमेल गर भन्नु त्यसैको एउटा दृष्टान्त हो महतले भने ।

    सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसलाई सरकारले बेवास्ता गरेको पनि उनले बताए ।

    संक्रमितलाई उपचार गर्नेभन्दा पनि राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस गरिरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हामी यसको भर्त्सना गर्छौ छौं,महतले भने।

    काठमाडौँ उपत्यकामा थपिएको निषेधाज्ञामा खाद्यान्न पसल पनि बन्द गर्ने र त्यसका लागि २ दिनभित्र खाद्यान्न जोहो गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि कांग्रेसले यसमा आपत्ती जनाएको हो ।

  • १२ जेष्ठ २०७८, बुधबार १३:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images