माधव नेपाल पक्षमा लागेका १२ जना नेतालाई एमालेले पठायो २४ घण्टे स्पटिकरण पत्र
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेले पार्टी निर्णयबिरुद्ध बिपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने बिघटित प्रतिनिधिसभाका १२ जना सदस्यलाई २४ घण्टे स्पष्टिकरण पत्र पठाएको छ । पार्टी स्थायी कमिटीको निर्णयअनुसार एमालेले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र घनश्याम भुसालसहित १२ जनालाई स्पष्टिकरण पत्र पठाएको हो ।

    जेठ १० गते बसेको स्थायी कमिटी बैठकले देउवालाई संबिधान भन्दा बाहिरबाट प्रधानमन्त्री घोषणाको मागसहित सर्वोच्च अदालतमा मुद्धा दायर गर्दा हस्ताक्षर गरेपछि स्पष्टिकरण सोध्ने निर्णय गरेपनि दुई दिन प्रक्रिया अघि बढाको थिएन । पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसारअनुसार आज सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डेलगायतका नेताहरुलाई स्पष्टिकरण पठाइएको छ । तामाङका अनुसार उहाँहरुलाई भाइबरबाट स्पष्टिकरण पठाइएको छ ।

    स्पष्टिकरण सोधएिकाहरुले २४ घण्टाभित्र त्यसको जवाफ दिनुपर्नेछ । बैशाख १० गतेको बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।

  • १२ जेष्ठ २०७८, बुधबार १७:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images