कोरोना नियन्त्रणमा सरकार लाचार बनेको भन्दै नागरिक समूहको विरोध प्रदर्शन
  • CIA Khabar

  • काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेको भन्दै नागरिक समूह, बुद्धिजिवि र युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको किर्तिपुरमा उनीहरुले सामाजिक दुरी कायम गर्दै सरकारलाइ जनमुखि बनाउन प्रदर्शन गरेको जनाएका छन् । उनीहरुले गीत गाउँदै र प्ले कार्ड प्रदर्शन गर्दै सरकारको विरोध जनाएका हुन् ।

    नागरिक अभियान्ता युग पाठकले अहिले निषेधाज्ञा भएको अवस्थामा राज्यले आफ्नो जिम्मेवारी बिर्सेर राजनीतिक खेलमा लागेको प्रतिरोध स्वरुप बिरोध गरिएको बताउनुभयो । उहाले आगामी दिनमा भर्चुअल रुपमा कार्यक्रम गरिने बताउनुभयो । प्रदर्शनमा सहभागीहरुले नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार १८:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images