अछाम । मंगल्सेन नगरपालिका वडा नम्बर ५ मा बसोबास गर्दै आयका वादी समुदायका ६ घरपरिवारका ३२ जनालाइ अन्तर्राष्ट्रिय मानवता समुह अछामले मानवता समुह अछामका संयोजक अर्जुन लुहारको नेतृत्वमा खाद्ययन्न सामग्री वितरण गरेको छ ।
कोरोना भाइरस तिव्र रुपमा फैलिरहेका बेला बिपत्तिमा परेका वादी समुदायका ६ घरपरिवारका ३२ जनालाई वितरण गरिएको अन्तर्राष्ट्रिय समाजसेवी व यास नेपालका संयोजक याच बि ताम्राकारले जानकारी दिनुभएको छ । विदेशमा छरिएका नेपाली दाजुभाइ र नेपालमा रहेका नेपाली युवाहरूले संकलन गरेको आर्थिक सहयोगले पर्तिब्याक्ति ३०के जि चामल, १केजि दाल , १ पोका तेल, २ पोका आयोडिन नुन ,१ चक्कि हात धुने साबुन र तिन पोका मसला र मास्क पनि वितरण गरिएको हो ।
महामारीको असर त विश्व भरी नै परेको छ तर गिट्टी कुटेर आफ्नो दैनिकी चलाइउदै आएका वादी समुदायका बासिन्दा झनै अप्ठ्यारोमा परेका छन । सडकका छेउछाउमा गिट्टी कुटेर साझबिहान गुजारा चलाइरहेका उनीहरु यो बेला के खाने कसरी बाच्ने भनेर रात दिन रोग भन्दा पनि सोगले मर्नुपर्छ्कि भन्ने त्रासमा रहेको वादी सामुदायिक अध्यक्ष टंकी वादीले बताउनु भयो ।
यो महामारीको बेला आफुले थोरै भएपनि राहत पाउदा वादी समुदायमा बसोबास गर्दै आउनुभयका बासिन्दाहरुले खुशी हुदै धन्यवाद व्यक्त गर्नु भयको छ । खाद्यान्न वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय मानवता समुह अछामका अछाम संयोजक अर्जुन लुहार , सामाजिक अभियानता रिदम बिसि , राजेश बिक , रत्ना साउद, मुस्कान परियार , लोकेन्द्र ढुङ्गगाना लगायतको सहभागिता रहेको अछाम संयोजक अर्जुन लुहारले जानकारी दिनु भएको छ ।