कान्तिपुरकर्मी अर्याललाई बीपी कोइराला पत्रकारिता पुरस्कार
  • CIA Khabar

  • पाल्पा — माथागढी गाउँपालिकाले कान्तिपुरकर्मी माधवप्रसाद अर्याललाई बीपी कोइराला पुरस्कारबाट बिहीबार पुरस्कृत गरेको छ । जनमुखी सेवा प्रवाह, विकास निर्माण र आर्थिक सामाजिक उन्नतिका सूचना आम जनतामा सू–सुचित गराएको भन्दै उक्त पुरस्कार अर्याललाई प्रदान गरेको हो।

    गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले नगद, पाल्पाली दोसल्ला, पाल्पाली करुवासहित सम्मानपत्रले पुरस्कृत गरे। पुरस्कारको राशि नगद २० हजार रहेको छ । यसैगरी सोही पुरस्कारबाट अन्नपूर्णका कृष्ण पोखरेल, नवजनचेतनाका रामचन्द्र रायमाझी र रेडियो मदनपोखराका गजेन्द्र पन्थीलाई पुरस्कृत गरिएको छ।

    आठौं गाउँसभाका अवसरमा पालिकाका उत्कृष्ठ चार कर्मचारीलाईसमेत सम्मान गरेको छ । प्रशासकीय अधिकृत नारायणप्रसाद न्यौपाने, पूर्वलेखापाल चुराबहादुर सर्तुङगे, वडा ४ का कार्यालय सहयोगी बालकृष्ण घर्तीमगर, ल्याब टेक्निसियन नारायण सारुलाई समेत नगदसहित सम्मानपत्रले पुरस्कृत गरिएको थियो।

  • १० बैशाख २०७८, शुक्रबार १९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images