नेपाल-खनाल समूहमै उभिए भट्टराई र विष्ट
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र गोकर्ण विष्टले फेरि प्रधानमन्त्री ओलीविरुद्धको मोर्चालाई साथ दिएका छन् ।

    ओलीको ‘स्वेच्छाचारी’ कदमविरुद्ध एकजुट हुन आग्रह गर्दै माधवकुमार नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले जारी गरेको संयुक्त वक्तव्यमा उनीहरुले पनि समर्थन जनाएका हुन् । उक्त वक्तव्यमा यी दुवै नेताको नाम समावेश छ ।

    गत ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता भट्टराईले असहमति जनाउँदै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। नेता विष्टले पनि विपक्षी दलको बैठकमा सहभागी भए पनि देउवालाई प्रधानमन्त्री बनाउन संकलित हस्ताक्षर आफूले नदिएको बताएका थिए ।

    उक्त प्रस्तावमा हस्ताक्षर नगरेपछि उनी ओली समूहमा गएको अड्कलबाजी गरिएको थियो ।

  • १३ जेष्ठ २०७८, बिहीबार ००:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images