राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’
  • CIA Khabar

  • काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् ।

    मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् ।

    राष्ट्रपति भण्डारीसँगको संवादमा चिनियाँ समकक्षीले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

    चिनियाँ राष्ट्रपति सीसँग झन्डै ४० मिनेट भएको संवादमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले यसअघि गरेको सहयोगलाई लिएर धन्यवाद व्यक्त गर्नुका साथै खोप खरिदका निम्ति सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

    जवाफमा सीले नेपाललाई थप १० लाख खोप तत्काल दिने र नेपाललाई चाहिएको अरू खोप खरिद गर्ने सम्बन्धमा आफ्नोतर्फबाट सहजीकरण गरिदिने वचन दिए ।

    ‘अहिले नेपाली जनताको जीवन बचाउन आवश्यक छ, नेपाललाई खोप अतिआवश्यक छ, खोप खरिदका लागि सहजीकरण गरिदिनुहुन आग्रह गर्छु,’ राष्ट्रपति भण्डारीले सीसँग गरेको आग्रह उद्धृत गर्दै राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भने ।

    त्यसपछि सीले अनुदानमा दिने खोपबाहेक नेपाललाई अरू खोप खरिदमा पनि सहजीकरणदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । यो समाचार कान्तिपुर दैनिकमा छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार ०८:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images