स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली
  • CIA Khabar

  • गलकोट । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।

    काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएका हुन् । त्यसका साथै उनले व्यक्तिगतरूपमा एक लाख खर्चेर आवश्यक निर्माण सामग्रीको जोहो गरी हावाबाट बिजुली उत्पादन गरेको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अँध्यारो हुँदा निकै असजिलो महसुस हुने गथ्र्यो । कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत् उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइदिएपछि बेलुकी पख शीतलताका लागि यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ ।

    यतिबेला कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बेनी वा अन्यत्रबाट मानिसहरु आउन सक्ने वातावरण नभए पनि परिस्थिति सहज हुने बित्तिकै पर्यटकहरुको घुइँचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन ।

  • १३ जेष्ठ २०७८, बिहीबार १०:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images