प्रतिनिधि सभा विघटनबारे परेका १९ रिटको आज सुनुवाइ
  • CIA Khabar

  • काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधिसभाको विरुद्धमा परेको ३० वटा मध्ये आज १९ वटा रिटहरुको सुनुवाई हुने भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले आजदेखि सुनुवाइ गर्ने भएको छ । १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । सर्वोच्चका अनुसार आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ । यस्तै शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन् ।

    सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्नेमा पनि रिट परेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका थिए ।

  • १३ जेष्ठ २०७८, बिहीबार ११:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images