काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आफ्ना चिनियाँ सकमक्षी सी चिनफिङप्रति आभार प्रकट गर्नुभएको छ । आफूसँग बुधवार भएको टेलिफोन सम्वादलगत्तै नेपाललाई महामारीबिरुद्ध लडन १० लाख डोज खोप दिने घोषणा गर्नुभएको भन्दै राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ जनताप्रति आभार प्रकट गर्नुभएको हो ।
‘मित्रराष्ट् चीनका महामहिम राष्ट्पति सी चिनफिङसँग कोभिड १९ महामारीसँग लडन आपसी सहयोगबारे टेलिफोन संवाद भयो । महामहिम सीले खोप उपलब्धगराउनेबारे सुखद सन्देशसहित चीनले नेपाललाई हाल दश लाख खोप उपलध गराउने भएकोमा महामहिम सी र चिनियाँ जनताप्रति हार्दिक आधार ब्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।