नयाँ भेरियन्टबाट संक्रमित फेला परेपछि मेलबर्नमा लकडाउन
  • CIA Khabar

  • अस्ट्रेलिया । अस्ट्रेलियाको दोस्रो धेरै जनघनत्व भएको भिक्टोरियाको राजधानी मेलबर्नमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि ७ दिनका लागि लकडाउन गरिने भएको छ । लकडाउन बिहीबार मध्यरातबाट शुरु हुनेछ ।

    अधिकारीहरुले २६ जना नयाँ संक्रमित फेला पारेका छन् भने मानिसहरु भाइरसको सम्पर्कमा आएका सम्भावित १५० स्थानहरु पनि पहिचान गरेका छन् । गत वर्ष घातक दोस्रो लहरको सामना गरेका मेलबर्नका स्थानीयका लागि यसले थप चिन्ता बढाएको छ ।

    भिक्टोरियाका कार्यबाहक प्रमुख जेम्स मर्लिनोका अनुसार नयाँ संक्रमितमा निकै संक्रामक मानिएको भाइरसको बी.१.६१७ स्ट्रेन पाइएको छ । बाहिरबाट आएका एक जनामा यो स्ट्रेन पाइएको थियो । जुन अहिले निकै तीव्र गतिमा फैलिरहेको जेम्स मर्लिनोको भनाइ छ ।

    राज्यका धेरै स्थानमा संक्रमित फेला परेका छन् । जुन मेलबर्नका स्टेडियममा भएको फुटबल खेललगायत ठूलो सभाहलहरुमा जोडिएको छ ।

    ‘कन्ट्याक्ट ट्रेसिङमा कम्तिमा १० हजार जना र १५० सम्भावित स्थानको पहिचान भएको छ । यदी हामीले अहिले नै कदम चालेनौँ भने यो हाम्रो नियन्त्रणभन्दा बाहिर जानेछ,’ मार्लिनोले भने ।

    अबको सात दिन भिक्टोरिया राज्यका वासिन्दाहरु अत्यावश्यक कामबाहेक घरमा नै बस्नुपर्नेछ । भेला गर्न बन्देज लगाइएको छ भने ५ किलोमिटरभन्दा टाढा यात्रा गर्न बन्देज लगाइएको छ । त्यस्तै मास्कलाई अनिवार्य बनाइएको छ । दक्षिण अस्ट्रेलियाले भिक्टोरियाबाट यात्रालाई प्रतिबन्ध लगाइसकेको छ भने अन्य राज्यले यही नियम लागू गर्ने अपेक्षा गरिएको छ ।

    गत अक्टोबर २०२० मा दोस्रो लहरपछि पहिलोपटक यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।

    बीबीसी

  • १३ जेष्ठ २०७८, बिहीबार १३:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images