संसद विघटनविरुद्धका १९ वटा रिट संवैधानिक इजलासमा पठाइयो
  • CIA Khabar

  • काठमाडौँ– संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल ईजलासले रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो।

    बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।

    अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।

  • १३ जेष्ठ २०७८, बिहीबार १५:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images