सेयर बजार घटे पनि हालसम्मकै उच्च कारोबार
  • CIA Khabar

  • काठमाडौँ । सेयर बजारमा सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा अडिएको छ । तर बजार घट्दा पनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ । २ सय १५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको हो । यसअघि धेरै जेठ १० गते १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई बिहिबारको कारोबारले ब्रेक गरेको छ ।

    कारोबार रकममा अपी हाइड्रोपावर अगाडि छ । यसको सेयर ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र चिलिमे हाइड्रोपावरको बढी कारोबार भएको छ । तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज हाइड्रोपावर कम्पनीहरु चम्किएका छन् ।

     

  • १३ जेष्ठ २०७८, बिहीबार १७:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images