वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ: देउवा
  • CIA Khabar

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन रहेको बताएका छन्।

    यो कुरा आज देउवाले विज्ञप्ति निकालेर उल्लेख गरेका हुन्।

    ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भनेका छन्, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।

    उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका छन्।

    उनले सरकारी संयन्त्रको दुरूपयोग नगर्नसमेत चेतावनी दिएका छन्।हालै प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे मागबारे देउवाले पुन: ध्यानाकर्षण गराएका छन्।

  • १३ जेष्ठ २०७८, बिहीबार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images