चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम
  • CIA Khabar

  • काठमाडौँ । नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ ।

    अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहिबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो ।विरामीको उपचारका लागि अक्सिजन, औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ ।

    तालिममा आफु सुरक्षित रहेर संक्रमित विरामीको व्यवस्थापन, अक्सिजन तथा भेन्टीलेटर लगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिए ।

    विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवंम् स्वास्थ्यकर्मीलाई सहभागी गराइने महासचिव डाक्टर रिजालले जानकारी दिए । ५ वटा समूहमा विभाजन गरेर २र२ दिनको दरमा १० दिन सम्म तालिम सञ्चालन गरिने छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार १७:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images