सरकारले काम चलाउ बजेट मात्रै ल्याउन सक्छ: पूर्वअर्थमन्त्रीहरूको समूह
  • CIA Khabar

  • पूर्वअर्थमन्त्रीहरूले सरकारसँग कामचलाउ बजेट ल्याउन माग गरेका छन् । बिहीबार बसेको पूर्वअर्थमन्त्री मञ्चको बैठकले अध्यादेशबाट आउने बजेट काम चलाउ मात्रै हुनुपर्ने बताएका हुन् ।

    संसद् पुनर्स्थापनाको माग सुनुवाइको क्रममा रहेको अवस्थामा पनि सरकारले पूर्ण बनेट ल्याउन नसक्ने जिकिर उनीहरूको छ ।

    मञ्चको बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरू डा‍. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले अहिले बहुमतको सरकार नरहेको, काम चलाउ सरकार रहेको, संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने तर्क गरेका हुन् ।अध्यादेशमार्फत बजेट ल्याउनैपर्ने बाध्यता रहेको अवस्थामा नियमित खर्च मात्रै गर्ने गरी अन्तरिम बजेट ल्याउन उनीहरूले सुझाव दिएका छन्।

    देश कोभिड–१९ को महामारीले आक्रान्त भएको समयमा बजेटले कोरोनाविरुद्धको खोपको उपलब्धतालाई पहिलो प्राथमिकता दिई जनताको जीवन सुरक्षित बनाउनुपर्ने उनीहरूको सुझाव छ । यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनीहरूले बताएका छन् ।

  • १३ जेष्ठ २०७८, बिहीबार १८:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images