सल्यान । अस्पतालमा एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा न ९ का ६२ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ६१ वर्षीय एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी गराएको छ ।
यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।