गुल्मीमा अज्ञात समुहद्धारा ट्याक्टर आगजनी
  • गोकर्ण पाण्डे

  • गुल्मीमा अज्ञात समुहले ट्याक्टरमा आगजनी गरेका छन्। जिल्लाकाे रेसुंगा नगरपालिका ६ अन्तर्गत पर्ने चेक्मीमा साइडकाे काम गर्दै आएकाे लु ४ च ८८४४ नम्बरकाे ट्याक्टरमा शुक्रबार बिहान आगजनी भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जनाएको छ।
    पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर आएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान करिब ४ बजे तिर आगजनी भएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताए। यस घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गाेपाल चन्द्र भट्टराई ले जानकारी दिए।
  • १० बैशाख २०७८, शुक्रबार २१:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images