काठमडौ । कोभिड महामारीले देश आक्रान्त बनाईराख्दा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका फ्रन्टलाईनर स्वास्थ्यकर्मीहरुमाथि भएको भौतिक आक्रमणप्रति विवेकशील साझा युवा संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथी अभद्र भिड पुगेर आक्रमण गर्दा स्वास्थ्यकर्मीहरु माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रुपमा लिन सकिँदैन विवेकशील साझा युवा संगठनले विज्ञप्तीमा भनेको छ ।
हामी यस आक्रमणको घोर भत्सर्ना गर्न चाहन्छौँ। भेरी अस्पताल आक्रमणबाट घाईते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई सुस्वास्थ्यको कामना समेत गरेको छ ।
यस्तो अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरि कानुनी कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछौं र स्वास्थ्यकर्मीलाई भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध गरेको छ ।