एकैदिन ९ हजार ८४१ जनाले जिते कोरोना, निको हुने दर ७८.१ प्रतिशत
  • CIA Khabar

  • काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ८४१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

    योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । निको हुने दर ७८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १६:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images