ताजा जनादेशमा जानु ‘प्रतिगमन’ नभएको प्रधानमन्त्रीको जिकिर
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको जिकिर गरेका छन् ।

    शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरेका हुन् ।

    ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो,’ प्रधानमन्त्री ओलीले भने ।

    उनले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तामाथिकै अपमान गर्नु भएको बताए ।

    उनले राजनीतिक स्थायित्वको निर्वाचन भएको बताउँदै जनतामा देखिएको निराशा छिट्टै अन्त्य हुने दाबी गरे ।

    सम्बोधनकै क्रममा उनले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित बताए । उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए । त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए ।

    उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक प्रक्रियबाट आफू संविधानको धारा ७६ (३) अनुसार सरकार बनेको र त्यसपछि पनि अवस्थामा तात्विक भिन्नता नआएको बताए ।

    आफूले मार्ग प्रशस्त गर्दै उपधारा ५ को सरकार गठन गर्न आह्वान गरेको तर दलहरूमा सिद्धान्तहीन गठबन्धन बनेको एमाले र जनता समाजवादी पार्टीका सांसदहरूले दलीय पद्धति नाघेको उनले बताए ।

    उनले कोभिड कहरले विकास यात्राको अवरोधक नबनोस् भनेर सरकार सचेत रहेको उनले बताए । उनले व्यापार सन्तुलन कायम गर्न थप मुलुकसँग पारवहन, व्यापार सम्झौता गर्ने पनि बताए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images