एक महिना पछाडि धकेलियाे ओस्कार
  • CIA Khabar

  • लसएञ्जल्स– विश्वप्रसिद्ध फिल्म अवार्ड ‘ओस्कार’ आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स(एएमपीएएस)ले सन् २०२२ मा हुने ओस्कार अवार्डलाई एक महिना पछि सार्ने निर्णय गरेको छ ।अमर उजालाका अनुसार एएमपीएएसले एक विज्ञप्ती जारी गर्दै २०२२ को फेब्रुअरी २७ मा हुने पूर्व निर्धारित अवार्डलाई मार्च २७ मा आयोजना गर्ने जनाएको छ ।यद्यपि अवार्डका लागि मनोनयन दर्ताको समय ३१ डिसेम्बरसम्म राखिएको छ । गत वर्ष आयोजकले कोभिड–१९ महामारीका कारण मनोनयन दर्तामा परिवर्तन गर्दै २०२१ को फेब्रुअरी २८ सम्म समयसीमा बढाएको थियो ।

    यो निर्णयसँगै थिएटरमा रिलिज नभई ओटीटी प्लेटफर्ममा रिलिज हुने फिल्महरुले अवार्डमा सहभागि हुने मौका पाएका छन् ।

    यसअघि ९३ औं संस्करणको ओस्कार अवार्ड गत अप्रिल २५ मा गरिएको थियो । यो संस्करणमा फिल्म ‘नोम्याडलेण्ड’ले ‘बेस्ट फिल्म’, ‘बेस्ट डायरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको थियो ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images