पोखरा । राष्ट्रिय युव संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा गण्डकी प्रदेश सांसद राजिब पहारिले भेरी अस्पताल बाँकेका डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् । साथै पोखरामा अक्सिजन अभाबले ज्यान गुमाउनु परेको समाचार सुन्दा दु:ख लागेको भन्दै दोषी लाई कडा कार्बाही गर्नुपर्ने बताउनु भएको छ । आगामी दिनमा यो वा त्यो कारण देखाइ अक्सिजन अभाव गराउन नहुने भन्दै यदि गराइयो भने कार्बाही गरिने चेतावनी समेत दिएका छन ।
बिहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४र५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पतालले जनाएको छ ।
नेता पहारिले सामाजिक सन्जालमार्फत अस्पतालका डाक्टर र नर्समाथि आक्रमण हुनु निकै निन्दनीय भनेका छन् ।
उनि लेख्छन :
” आफ्नाे र परिवारकाे जीवन जाेखिममा राखेर काेभिड १९ का सक्रमितहरु र अन्य बिरामिहरुकाे दिन रात नभनि उपचारमा खटिरहनु भएका भेरि अस्पताल नेपालगंजका चिकित्सक र नर्सहरु माथिकाे आक्रमण काे जति निन्दा गरे पनि कमै हुन्छ।ती आक्रमणकारिहरुलाई कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गर्न सम्बन्धित निकायकाे ध्यान आकृष्ट गराउन चाहन्छु ।