मल अभाव हुन नदिन निर्देशन
  • CIA Khabar

  • काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीले किसानलाई मलको अभाव हुन नदिन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई निर्देशन दिनुभएको छ । भण्डारमा डीएपी र युरिया मल पर्याप्त हुँदाहुँदै किसानसमक्ष सो मल नपुगेको गुनासो आइरहेको थाहा पाएर सचिव कार्कीले सो निर्देशन दिनुभएको हो ।

    नेपालमा रासायनिक मल बिक्री वितरण गर्ने मुख्य निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन हुन् । सचिव कार्कीले मलको अभाव नहोस् भनेर आफूले निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलको अभाव छैन, भण्डारमा पर्याप्त मल छ तर किसानले मल पाएन भनी गुनासो आइरहेको छ । गुनासो नआउने गरी मल आपूर्ति गर्न निर्देशन दिएको छु । ”

    कोभिड–१९ को दोस्रो लहरका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञाको अवस्था रहेको र किसानले प्रमुख खाद्यान्न बाली धान लगाउने समय नजिकिँदै गर्दा मलखाद तथा बीउको बिक्री वितरण प्रणालीमा समस्या भएको र किसानलाई सहज रूपमा उपलब्ध हुन नसकेको गुनासो आइरहेकामा त्यहाँ कम्पनीहरूबाट किसानको गुनासो नआउने गरी सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा रासायनिक मलखाद र बीउको बिक्री वितरण गर्नुहुन निर्देशन दिएको दुवै कम्पनीलाई पत्र पठाइएको छ ।

    सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुसार रासायनिक मल बिक्री वितरण गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको र यता गृह मन्त्रालयसँग पनि सहज बनाइदिन पहल भइरहेको उहाँले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • १५ जेष्ठ २०७८, शनिबार ०९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images