सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना
  • CIA Khabar

  • काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    १४औं गणत्रन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै सभापति देउवाले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहिदहरूप्रति उच्च सम्मानकासाथ श्रद्धाञ्जली अर्पण गर्नुभयो । कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ रहने भन्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको विषय रहेको बताउनुभएको छ ।

    ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो ।’ उहाँले भन्नुभएको छ, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

    कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बताउँदै उहाँले जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको आरोप पनि लगाउनुभयो ।

  • १५ जेष्ठ २०७८, शनिबार ०९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images