सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ।
अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक हजार रुपैयाँ बढाउँदै वृद्धभत्ता चार हजार रुपैयाँ पुर्याएका हुन् ।
यसअघि उनकै पालामा भत्ता ३ हजार २ हजार पुर्याइएको थियो भने डा. युवराज खतिवडाले थप एक हजार बढाएका थिए । भत्ता बढ्दा राज्यको कोषमा वार्षि २६ अर्ब व्ययभार थपिने छ ।