काठमाडौं उपत्यकाभित्र ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाइने
  • CIA Khabar

  • सरकारले काठमाडौं उपत्यकाभित्र ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल अस्पताल बनाउने भएको छ ।

    आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकाभित्र आगामी आर्थिक वर्षभित्र ३०० शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने घोषणा गरेका हुन् ।

    यस्तै, सबै प्रदेशमा ५० शय्याको  सुविधासम्पन्न सरुवा रोग अस्पताल निर्माण गर्न गरिने उनले बताए । सरुवा रोग अस्पताल बनाउन १ अर्ब ३० करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

    यस्तै, उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड पुर्‍याइएको बताए ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images