मदन भण्डारी र पुष्पलाल राजमार्गको बजेट यथावत
  • CIA Khabar

  • सरकारले मदन भण्डारी र पुष्पलाल राजमार्गको बजेट चालु वर्षकै बराबर विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  मदन भण्डारी राजमार्गका लागि ३ विनियोजन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा मदन भण्डारी राजमार्गको बजेट घटेको थियो ।

    तत्कालीन एमाले महासचिव मदन भण्डारीका नाममा राजमार्ग निर्माणका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७६-७७ को बजेटमा ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    आर्थिक वर्ष २०७५-७६ को बजेटबाट नै यो कार्यक्रम अघि बढाउन बजेट विनियोजन गरिएको थियो ।

    त्यस्तै पुष्पलाल राजमार्गका लागि ८ अर्ब विनियोजन गरिएको छ । चालु वर्षमा पनि पुष्पलाल राजमार्गका लागि ८ अर्ब  रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

    आर्थिक वर्ष २०६४-६५ देखि सुरु भएको पुष्पलाल राजमार्गको क्षेत्रफल एक हजार ८ सय ७९ किलो मिटर हो । पूर्वको पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाटसम्म डबल लेन कालोपत्रे स्तरको सडक तथा पुल निर्माण सम्पन्न गर्ने यो आयोजनाको लक्ष्य हो ।

    हालसम्म ९ सय १४ किलोमिटर बढी सडक कालोपत्रे भएको छ । १ सय २९ पुलमध्ये ९५ पुल निर्माण भएका छन् ।

    आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । संशोधित लागत भने तीन गुणा बढेको छ । संशोधित लागत अनुमान एक खर्ब १ अर्ब ५० करोड गरिएको छ ।यो आयोजनाका लागि हालसम्म ४७ अर्ब ९ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु वर्षमा विनियोजन गरिएको बजेट ८ अर्ब २७ करोडमा ६ महिनाको अवधिको खर्चमा भने एक अर्ब ७ करोड रुपैयाँ मात्र छ । चालु वर्ष राखिएको भौतिक प्रगतिको लक्ष्य ६ महिनामा १३ दशमलव २३ प्रतिशत मात्रै कायम भएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार १७:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images