अब नेपाल टेलिकममा सर्वसधारण ग्राहकको पनि शेयर स्वामित्व रहने भएको छ । सरकारले बजेटमार्फत टेलिकममा ग्राहकको २२ प्रतिशत शेयर निष्कासनको तयारी गर्नुपर्ने व्यवस्था गरेको छ ।
आर्थिक बर्ष २०७८/७९ को बजेटमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल टेलिकममा सरकारको स्वामित्व घटाउँदै शेयर सर्वसाधरणको पहुँचमा पुर्याउने व्यवस्था गरेको हो ।
जसअन्तर्गत टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकले सेयर खरिद गर्न पाउने छन् । बजेटमार्फत शेयर मूल्य र शेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगा लगाउनुपर्ने व्यवस्था गरेको छ ।