गुल्मीमा पछिल्लो २४ घण्टामा २०३ जनाका काेराेना पुष्टि,थप १ जनाकाे मृत्यु
  • प्रमिला पोख्रेल

  • गुल्मीमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ। पछिल्लो २४ घण्टामा २३४ जना काेराेना संक्रमण मुक्त भएका छन्।
    अहिले सम्म कुल एक हजार ४३२ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ। त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप २०३जनामा कोरोना संक्रमण पुष्टि भएको छ।याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ६६४ पुगेको छ। गुल्मीमा पछिल्लो २४ घण्टामा थप १जनाकाे मृत्यु भएको छ।
    चन्द्रकोट गाउपालीका ४२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।याे सँगै दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ७६ पुगि सकेकाे छ। काेराेना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ २४ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।
  • १५ जेष्ठ २०७८, शनिबार २०:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images