काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले खानेपानी मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बिनियोजन गरेका छन् । खानेपानी अन्र्तगतका बिभिन्न आयोजना संचालनका लागि यो रकम छुट्याइएको हो । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।