काठमाडौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । ५ महिला र १२ पुरुष गरी १७ जनाको विभिन्न कोराना विशेष अस्पतालमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार मोरङमा ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ । यस्तै झापामा २, सुनसरीमा ३, भोजपुरमा १, उदयपुरमा १ र अन्य १ गरी १७ जनाको मृत्यु भएको हो । विपी प्रतिष्ठान धरामा ३, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर मोरङमा ७, नोबेल मेडिकल कलेजमा २, विराट मेडिकल कलेजमा ३ र अन्यमा २ को मृत्यु भएको हो ।
प्रदेशमा हालसम्म २४९ महिला र ६०९ जना पुरुष गरी ८५८ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ७०१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९८७ पुगेको छ ।