पाल्पाको रामपुर कोरोना अस्पतालमा ७ जनाको उपचार हुँदै
  • CIA Khabar



  • पाल्पा –
               पाल्पाको रामपुर अस्पतालमा निर्मित कोरोना अस्पतालमा ७ जना कोरोना पोजेटिभको उपचार भइरहेको छ ।
               संक्रमितको संख्या बढ्दै जान थालेपछि रामपुर अस्पताल र रामपुर नगरपालिकाको समन्वयमा बैशाख अन्तिम साता आइसोलेसन बनाइएको थियो । अस्पतालमा आइसोलेसन बनाउने निर्णय अघि अस्पतालले पुरानै भवनमा अक्सिजन सहितको आइसोलेसन बेड तयार गरेको थियो । सोही बेडमा २ जना पोजेटिभको उपचार शुरु भएको थियो । पछि निर्माणाधिन भवनको काम तिब्र गरेर बैशाख २७ गतेदेखि १० शैयाको आइसोलेसन तयार गरेको हो ।
                कोभिड आइसोलेसनमा अहिलेसम्म १६ जना भर्ना भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिजय परियारले जानकारी दिनुभयो । जसमध्य अहिले ७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । ६ जना निको भइ घर फर्केका छन् भने २ जनालाई रेफर गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा उपचार कै क्रममा १ जनाको ज्यान गएको थियो ।
                 नगरपालिकाको समन्वयमा अस्पतालले कोभिड संक्रमणको आशंकामा उपचारका लागि आएका तथा संक्रमणको लक्षण देखिएकाहरुको निशुल्क एन्टिजेन परिक्षण गरिरहेको छ । आजसम्म अस्पतालले १०३ जनाको एन्टिजेन परिक्षण गएको जनाएको छ । जसमध्य ४६ जनाको पोजेटिभ र ५७ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका कोभिड फोकल पर्सन डा. बासुदेव सुबेदीले बताउनुभयो ।

  • १७ जेष्ठ २०७८, सोमबार २१:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images