काठमाडौ । स्वामी विवेकानन्दको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । १२ फरवरी १८६३ मा जन्मेर ४ जुलाई १९०२ मा निर्वाण प्राप्त गरेका विवेकानन्द विश्वविख्यात भारतीय सन्यासी हुन् । उनले सन् १८९३ मा अमेरिकाको शिकागोमा भएको विश्वधर्मसम्मेलनमा सारा विश्वलाई वैदिक सभ्यताप्रति नतमस्तक गराएका थिए । बिना निमन्त्रणा त्यहाँ पुगेका यी सन्यासीले बोल्नका लागि मुस्किलले पाँच मिनेट पाएका थिए तर जब बोल्न सुरु गरे दर्शक दीर्घाबाट ‘वान्समोर’ भइरह्यो उनी बोलिरहे, धर्मगुरुहरू मन्त्रमुग्ध भइरहे । त्यसपछि तीन वर्षसम्म उतै बसेर विश्वलाई वेदान्त दर्शनको विशेषता बाँडे । उनका कार्यक्रममा मानिसहरू अफिसै विदा लिएर जाने गर्थे, प्रवच सुनेर कृतकृत्य हुने गर्थे ।
तिनै विश्वविजयी सन्यासी सानामा निकै डरपोक थिए । खासगरी कुकुरसित बढी डर लाग्थ्यो उनलाई । यसैका कारण झण्डै स्कुल जीवन नै खण्डित भएको थियो । भएको के थियो भने स्कुल जाने बाटामा कुकुर भएको घर पथ्र्यो । कुकुरको स्वभाव न हो, मायाँ गर्दा पनि कराउँछ गाली गर्दा पनि कराउँछ । उनलाई देखेर कुकुर भुक्थ्यो । गालीमा भुक्थ्यो कि तालीमा उही जानोस् तर विवेकानन्द भने गाली सम्झन्थे र भाग्ने गर्थे । उनी भाग्थे कुकुर कराउँदै पछि लाग्थ्यो । यहाँ पनि मायाँका कारण पछि लागेको थियो कि भगाउन पछि लागेको थियो उही जानोस् विवेकानन्द भने भगाउन पछि लागेको ठान्थे र भागी हिँड्थे । उनी भागिरहे, कुकुर भगाइरह्यो ।
नरेन्द्रले (विवेकानन्दको सानाको नाम नरेन्द्रनाथ दत्त थियो) स्कुल जान आनाकानी गर्न थालेपछि आमालाई पिर प¥यो । उनले सोधिन् –
‘किन, के भयो ?’
नरेन्द्रले भने–
‘कुकुरले लखेट्छ ।’
त्यसपछि आमाले सम्झाउँदै भनिन्–
‘बाबु नरेन्द्र १ तिमी जति बढी डराउँछौ उसले त्यति खेद्छ । उसले झम्टिन खोजेको बेला तिमीले पनि झम्टिने हिम्मत गर्नुपर्छ । त्यसो गरेका भए ऊ आफैँ भाग्थ्यो । त्यसैले भोलिदेखि स्कुल जाँदा हातमा लठ्ठी लिएर जानु । जब ऊ आइलाग्छ तब तिमीले पनि जाइलाग्नु । समस्या छुमन्तर हुन्छ । समस्या कुकुर होइन तिमीभित्रको डर हो । आशा छ भोलिदेखि त्यस्तै गर्नेछौ ।’
भोलिपल्ट उनले आमाले भने जस्तै गरे, नभन्दै भयो पनि त्यस्तै । उताबाट कुकुर भुक्दै आयो यताबाट उनी लठ्ठी ताक्दै बढे । आमाको वचन न हो किन खेर जान्थ्यो र । एककदम अघि के बढेका थिए पुच्छर लुकाउँदै बाटो छाडिदियो उसले । भोलिपल्ट हात ताक्दै गए । पर्सिपल्टदेखि हात पनि ताक्न परेन । देखेर पनि नदेखेको जस्तो गर्न थाल्यो ।
उनको जीवनमा शिक्षाको पहिलो खुड्किलो थियो यो । त्यस दिनदेखि आमाको वचनलाई कहिल्यै बिर्सेनन् । यसैलाई गुरुमन्त्र मानी अघि बढे, बढिरहे । कहिल्यै पछि फर्केर हेर्न परेन । अन्ततः यसैले नै उनलाई विश्वविजयी बनायो ।
यो एउटा दृष्टान्त हो । सबैका जीवनमा यही नियम लागू हुन्छ । वास्तवमा समस्या भाग्नका लागि हुँदैनन् सामना गर्नका लागि हुन्छन् । जतिबेलासम्म भाग्ने गरिन्छ त्यतिबेलासम्म समस्या समस्याकै रूपमा रहन्छन् । जब सामना गर्न थालिन्छ आफैँ समाधान बनेर खडा हुन पुग्छन् ।
दुनियाँमा कहाँ छैन र समस्या रु समस्या पनि छन्, समाधान पनि छन् । समस्याको स्वरूप नबुझ्दासम्म शत्रु जस्ता देखिन्छन् । बुझ्ने बित्तिकै योभन्दा नजिकको हितैषी अर्को देखिँदैन । नबुझ्दा त्यसैले शत्रु बनेर दुःख दिन्छ बुझेपछि हितैषी मित्र बनेर मार्गदशन गराइरहेको हुन्छ । समस्या थियो र त समाधानको बाटो खोजियो, नयाँ कुरा जानियो, बुझियो, देखियो, सिकियो । यदि समस्या थिएनन् भने कल्पना गरौँत जीवन कति बढी भयावह हुन्थ्यो होला रु के नयाँ स्थानमा पुग्ने, नयाँ कुरा पाउने, नयाँ कुरा देख्ने र सिक्ने अवसर पाउँथ्यौँ होला रु के त्यस्तो अवसर नपाएको भए दुनियाँमा कसैले कुनै प्रगति गर्न सक्थे होलान् रु पक्कै थिएनन् । समस्यालाई समस्या मात्र ठाने समस्या हो । होइन समाधान ठान्ने हो भने समाधान नै हो । उसलाई के बनाउने त्यो भने आफैँमा निर्भर गर्छ ।
प्रश्न उठ्न सक्छ समाधान ठान्ने कसरी रु उत्तर सहज छ केही पनि नगर्ने । निरन्तर आफ्नो बाटो हिडिँरहने, आफ्नो काममा लागि रहने । यसैले नै हर समस्यालाई समाधान बनाएको हुन्छ । उदाहरणका लागि मूर्तिकारलाई नै लिन सकिन्छ ।
हामीले मूर्तिलाई मात्र देखेका छौँ । मूर्तिकारको कामलाई हेरेका छैनौँ । उनको कामलार्ई हेरौँ त कति समस्या छन् । छिनोहम्मरको समस्या छ । पत्थरको समस्या छ । पहिले छिनोहम्मर बनाउन फलाम समस्या बनेर आएको थियो । उसले त्यससित जुध्यो, खेल्यो र उसलाई दुन्याएर आफू अनुकुलको छिनोहम्मर बनायो, बनाउन लगायो । त्यसपछि पत्थरका टुक्राहरू समस्या बनेर आए । तैपनि उसले हरेस खाएन, डराएर भागेन । बरु छिनो र हम्मरको सहयोगले ती सित जुध्ने हिम्मत ग¥यो र निरन्तर जुध्यो, जुधिरह्यो । अन्ततः उसले आफैँ बाटो छाडिदियो, बाटो छाडिदिन कर लाग्यो, जसले गर्र्दा एउटा नराम्रो पत्थरमा पनि सुन्दर मूर्ति खडा हुन पुग्यो ।
यहाँ मूर्ति आफैँ कतैबाट आएको पनि होइन र मूर्तिकारले कतैबाट ल्याएर राखेको पनि होइन । मूर्ति पत्थरभित्रै थियो मात्र पत्थरका टुक्राले ढाकेको थियो, छोपेको थियो । मूर्तिकारले त्यसलाई हटाउने अठोट गरी निरन्तर लागिरह्यो, जसले गर्दा टुक्राहरूलाई आफैँ हट्न कर लाग्यो ।
विवेकानन्दलाई पनि यस्तै भएको थियो । पहिले उनलाई कुकुरको समस्या थियो, जसले उनलाई भगाउने गथ्र्यो । जब उनले त्यससँग जुध्ने प्रयास गरे कुकुर आफैँ पाखा लागे । जतिबेलासम्म कुकुरसित भागिहिडे समस्या बनिरहे । जब सामना गर्ने हिम्मत आफैँ समाधान बनेर खडा भए ।