बजेटमा सुरुङ नै सुरुङ
  • CIA Khabar

  • काठमाडौँ । पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ मार्गको युगमा प्रवेश गरेको सरकारको ठहर छ ।

    यससँगै आधुनिक सरुङ मार्ग  नेपालका लागि सपना नभई वास्तविकतामा रूपान्तरित हुन थालेको पनि सरकारको ठहर छ । अब बन्ने सडकमा सुरुङ प्रविधिको प्रयोग महत्वका साथ अवलम्बन गरिने भएको छ ।

    काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्ग निर्माण कार्यलाई तीव्रता दिएर दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने भएको छ । यस आयोजनाका ९ अर्ब ८५ करोढ रुपैयाँ छुट्याइएको छ ।

    निर्माणाधीन नागढुङ्गामा सुरुङ मार्गबाट उत्साहित भएको सरकारले थप १६ वटा सुरुङ मार्गको योजना अघि सारेको छ । चार वटा सुरुङ मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमै शुरू हुनेछ ।

    आगामी आर्थिक वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा—दोभान, दोलखाको लामाबगर—लाप्चे र  धरान—धनकुटा सडक खण्डको धरान—लेउती सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरेको जनाइएको छ ।

    काठमाडौँ कोटेश्वरको तीनकुने—जडिबुटी खण्डमा पनि आगामी आर्थिक वर्षमै सुरुङ मार्ग निर्माण शुरू हुने भएको छ । यसका लागि एक अर्ब ८० करोड रुपैयाँ छुट्याइएको छ ।

    यसैगरी टोखा—छहरे—गुर्जुभज्याङ, वेत्रावती—स्याफ्रुवेशी, खुर्कोट—चियाबारी र थानकोट—चित्लाङ सरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य पनि आगामी आर्थिक वर्षमै प्रारम्भ गर्ने जनाइएको छ ।

    पृथ्वी राजमार्गको मझिमटार—शक्तिखोर, पोखरा—बाग्लुङ राजमार्गको हेम्जा—नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ—वाङसिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

    कोहलपुर—सुर्खेत राजमार्गको बबई—छिन्चु, सुर्खेत—दैलेख सडकको सियाकोट—कपासे, पाल्पा—तम्घास सडकको प्रभास—जोर्ते र बीपीनगर–दिपायल खण्डमा पनि सरुङमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमै सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

  • १६ जेष्ठ २०७८, आईतवार १०:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images