काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलद्धारा सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरलाई नेपाली कांग्रेसका स्व नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशी स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।
कोभिड १९ अर्थात कोरोना भाइरसका विरामीका लागि नागरर्जुन नगरपालिकामा पौडेलको पहलमा सञ्चालनमा ल्याएको तीन सय बेड सहितको ड्राई आइसोलेसन सेन्टरलाई आवश्यक स्वास्थ्य सामाग्री सपनाले हस्तान्तरण गरेकी हुन् ।
पिपिई, सर्जिकल मास्क, स्यानीटाइजर, सिटामोल र एननाइन्टीफाइभ मास्क लगाएतका स्वास्थ्य सामाग्री पौडेलको पहलमा सञ्चालनमा आएको आइसोलेसन सेन्टरलाई प्रदान गरेको कांग्रेसका नेता सुदर्शनमान सिंहले ग्लोवललाई जानकारी दिए ।
दिवंगत श्रीमान नविन्द्रले सञ्चाल गर्दै आएको ‘घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान अभियान’लाई काठमाडौं क्षेत्र नं. ८ मा निरन्तरता दिदै आएकी सपनाले काठमाडौं महानगरपालिकाको वडा नं. २० शान्ती निकुञ्ज स्कुल भगवतीबारीमा पनि स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।
स्थानीय तहले कोभिड विरामीका लागि सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् । आफ्नो श्रीमानको असलकार्यलाई निरन्तरता दिइरहेकी सपनाले महानगरापालिका भित्र सञ्चालनमा रहेका अन्य आइसोलेसन सेन्टरहरुमा पनि स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेकी छन् ।