जनता समाजवादी पार्टी (जसपा) का चार सांसदलाई पदबाट निष्कासन गर्ने विवादको सुनुवाइ रोकिएको छ ।
पार्टी निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई खेमाले सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई १६ वैशाखमा पार्टीबाट निष्कासन गरेको थियो ।
यसविरुद्ध चारै जना सर्वोच्च अदालतमा रिट लिएर पुगेपछि ३ जेठमा तत्कालका लागि उनीहरूको पद थमौती भएको थियो । आज दुवै पक्षलाई उपस्थित गराएर छलफल गराउने आदेश दिएको थियो ।
सर्वोच्चले न्यायाधीशद्वय हरिकृष्ण कार्की र हरि फुयाँलको इजलासमा यो मुद्दाको पेसी तोकेको थियो । तर, विपक्षीका तर्फबाट स्थगित गरिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सफाइको मौका नै नदिई निष्कासन गर्नु प्राकृतिक न्यायको सिद्धान्त अनुसार प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गरिएको प्रथम दृष्टिमै देखिन आएको भन्दै ३ जेठमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।यसपछि शंकर पोखरेलको लुम्बिनी प्रदेश सरकार सुरक्षित बनेको थियो ।