कब्जियत निको पार्ने ५ घरेलु उपाय
  • CIA Khabar

  • कहिलेकाहिँ कब्जियत भए खासै समस्या हुदैँन तर नियमित भइरहेमा यसले अनेकौं समस्या निम्त्याउँछ । यदि महिनौंसम्मे कब्जियत भइरहेमा तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।

    यस अलावा खानपानमा परिवर्तन गरेमा पनि कब्जियतको समस्या घट्दछ । कब्जीयतको समस्याबाट बच्न कस्ता खानेकुरा खाने त ?

    १. प्रशस्त पानी पिउने
    मानिसको पाचनप्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । यसकालागि शरीमा धेरै मात्रामा पानीको आवश्यकता पर्दछ । यसैको भरपाईकालागि प्रसस्त पानी पिउनु पर्दछ ।

    २. नुन तातो पानी
    बिहान शौचालय जानु १० मिनेट अगाडी एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गरेमा यसले पेट सफा गर्न सघाउँछ ।

    ३. रेशायुक्त खाना बढाउने
    नियमित खानामा फाइबार अर्थात रेसायुक्त खाना जस्तै, हरिया सागसब्जी, फलफूल खानु पर्दछ । यसले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ ।

    ४. यस्ता खानेकुरा नखाने
    कुनै पनि दुग्धजन्य पदार्थ, माछामासु र तयारी खाना जस्तै चाउचाउ, प्याकेट बन्द खानेकुरा कब्जियत निको नहुन्जेल भरसक नखाने । खाए पनि थोरै मात्रामा खाने ।

    ५. शारीरिक व्यायाम
    पाचनप्रणालीका मांसपेशीलाई सशक्त बनाउँन र राम्रोसँग काम गर्न व्यायाम आवश्यक हुन्छ । तसर्थ दैनिक ३० मिनेट भन्दा बढि व्यायाम गरे कब्जियत निको पार्न सघाउ पुग्दछ ।

  • १६ जेष्ठ २०७८, आईतवार १५:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images