वरिष्ठ अधिवक्ता थापाद्वारा प्रधानन्यायाधीश राणामाथि गैरजिम्मेवार अभिव्यक्ति
  • CIA Khabar

  • काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बिदामा बस्न भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ।

    प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाको बहसका क्रममा अधिवक्ताहरूले न्यायाधीशद्वय बमबहादुर श्रेष्ठ र तेबजहादुर केसीलाई संवैधानिक इजलासमा राखेको विषयको विरोध गर्दै आएका छन् । आइतबार संवैधानिक इजलासमा बसहका क्रममा वरिष्ठ अधिवक्ता थापाले इजलासमा प्रश्न उठे न्यायाधीशहरू नबस्ने प्रचलन रहेको बताउनुभयो । उहाँले नेकपाको एकतालाई खारेज गर्ने मुद्दा हेर्नुभएका न्यायाधीश बमबहादुर श्रेष्ठलाई इजलासमा राखिएकोमा प्रश्न उठाउनुभयो ।

    ‘अहिलेको परिस्थिति त्यही नेकपाका कारण भएको हो। रिट निवेदक माधवकुमार नेपाल र झलनाथ खनाल तथा विघटन गर्ने प्रधानमन्त्री एउटै पार्टीमा हुनुहुन्छ’, थापाले भन्नुभयो, ‘भारतमा पनि प्रश्न उठ्दा न्यायाधीश नबस्ने गरेको उदाहरण छ ।’ थापाले न्यायाधीशको विषयमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले यसअघि आफूले पनि प्रतिनिधि सभा विघटनको मुद्दा हेरेको विषय उठाउनुभयो । त्यस पश्चात राणाले ‘मेरोबारे तपाईंको धारणा के छ रु’ भनि प्रश्न गर्नुभएको थियो । जवाफमा थापाले भन्नुभयो, ‘श्रीमान् बिदामा बस्नुभए हुन्छ ।’

    यसबाट के बुझ्न सकिन्छ भने वकिले भएकाले अदालतमै बसेर जे गर्न र बोल्न पनि पाइन्छ भन्ने नजिर बस्ने देखिन्छ । पैसाको लागि जे पनि गर्ने वरिष्ठ अभिवक्ता थापाले आफ्नो मर्यादालाई कुल्चिएर प्रधानन्यायाधिसलाई संवैधानिक इजलास गर्न छोडेर विदामा बस्न भन्ने कस्तो न्यायीक प्रणाली होला रु आम जनताको चासोको विषय बनेको छ । प्रधानन्यायाधिस नै विदामा वस्ने हो भने उक्त मुद्धालाई अन्तिम किनारा कसले लगाउने हो रु वरिष्ठ अभिवक्ता थापाले नै फैसला गर्ने हो रु यो आज जनताको प्रश्न बन्न पुगेको छ ।

    प्रतिनिधि सभा विघटन र राष्ट्रपतिले संविधानको धारा ७६ को ५ अनुसार प्रस्तुत भएका दाबीअनुसार सरकार गठन अस्वीकार गरेको विषयमा सर्वोच्चको संवैधानिक इजलासमा अहिले पनि बहस जारी रहेको छ।

  • १६ जेष्ठ २०७८, आईतवार १६:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images