गुल्मीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ५६ जना काेराेना संक्रमण मुक्त
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप २१जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।

    जिल्लाको रेसुङा नगरपालिकामा २ जना,सत्यवती गाउँपालिकामा १३ जना,छत्रकाेट गाउँपालिकामा १ जना,रुरु गाउँपालिकामा १ जना,इस्मा गाउँपालिकामा १ जना, चन्द्रकोट गाउँपालिकामा २ जना, धुर्कोट गाउँपालिकामा १ जना,गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

    याे सगै गुल्मीमा काेराेना सकृय संक्रमितकाे सख्या ६२९ रहेकाे जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

    त्यस्तै,पछिल्लो २४ घण्टामा थप ५६ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार ४९० जना कोरोना जितेर घर फर्किएका छन्। दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ७६ पुगि सकेकाे छ।

  • १६ जेष्ठ २०७८, आईतवार १६:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images