काठमाडौं उपत्यकामा थप १०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, आइतबार देशभर ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको डा. अधिकारीले बताए ।
पछिल्लो २४ घण्टामा ६२०५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।